कास्की । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरे । काग्रेसका १ सांसद उपस्थित भएनन् ।
मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका हुन् । सुरुमा उम्मेदवारी दर्ता गर्नुभएका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन ।
Leave a Reply