काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।
शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अस्ति ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो।
त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ, र राष्ट्रपति सभामुख लगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ ।’
उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताए ।
उनले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको समेत बताए। सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे।
उनले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको समेत बताए। उनले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताए।
Leave a Reply