Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुबि खानलाई भेट्न माइतीघर पुगे गृहमन्त्री लामिछाने,भने – जनताको अपेक्षा मर्न दिन्न

    रुबि खानलाई भेट्न माइतीघर पुगे गृहमन्त्री लामिछाने,भने – जनताको अपेक्षा मर्न दिन्न

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 954
    SHARES

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई जनताले अपेक्षा गरेर पठाएको बताएका छन्।

    बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर दोषीलाई कारबाही गर्ने बताएका हुन्।



    उनले भने, ‘मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन्। मैले आफ्नो स्वाद अनुसारले न्याय अन्याय छुट्याउने र अनुसन्धानमा प्रभाव गर्ने गर्न पाउँदिन।



    तपाईँको मागमा कुन ढंगले अनुसन्धान अगाडि बढ्छ भनेर हेरिरहेका छौँ। अघिल्लो पटक भएको कमीकमजोरीले न्याय निरूपणमा ढिलाइ भयो कि। त्यो कमजोरीहरूलाई पनि सच्चाउनु छ।’

    उनले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष गरे। घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरे।

    रुविसहित १५ जना यसअघि १ असोजमा २० दिनको न्याय मार्च गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगञ्जदेखि काठमाडौं आएका थिए ।

    निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोवीलाई शारीरिक बन्धक बनाई बेपत्ता पारिएको भन्दै स्थानीय प्रशासनले सुनवाइ नगरेपछि उनीहरूले ५०० किलोमिटरको न्याय मार्च गर्दै काठमाडौं आएका हुन् । त्यसपछि माइतीघरमा धर्ना हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार