Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डका ज्वाईलाई मन्त्री बनाएपछि माओवादीमा असन्तुष्टि

    प्रधानमन्त्री प्रचण्डका ज्वाईलाई मन्त्री बनाएपछि माओवादीमा असन्तुष्टि

    बेपत्ता योद्धा सन्तति फाउण्डेसन भन्यो- ‘लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन'

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 639
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश १ मा जीवन आचार्यलाई मन्त्री बनाएपछि असन्तुष्टि बढेको छ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ज्वाई समेत रहेका आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो।



    आयार्चलाई मन्त्री बनाएकोप्रति ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ। सोमबार मुख्यमन्त्री हिम्कत कार्कीसँग आचार्य पनि विना विभागीय मन्त्री नियुक्त भएका थिए।



    उनलाई मन्त्रालय तोक्न बाँकी छ। उनलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई विशेष ख्याल गर्नुपर्ने जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप छ।

    फाउण्डेसनका महासचिव अटल आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो माओवादी संस्कृति हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ।’

    माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेपनि आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव नभएको उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार