Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भरुवा बन्दुकसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पञ्चपुरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय गगन थापालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी सालकोटले भरुवा बन्दुक एक थान र बन्दुकको एक नाल बोकी सिस्ने काँडा जंगलमा हिडिरहेको अवस्थामा थापालाई पक्राउ गरेको जनाएको छ।

भरुवा बन्दुक बोकेका थापा चोरी सिकार गर्न हिंडेको अनुमान गरिएको छ।  बन्दुकसहित थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077