सुर्खेत । नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन् ।
भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन् ।
उनीहरूले स्थानीय रत्ने दमाईलाई रक्सी खुवाएर झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
दमाईलाई पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाएपछि उनीहरूलाई पक्राउ गरेको श्रेष्ठले बताए ।
Leave a Reply