Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • काठमाडौंको एसएसपीमा कार्की, अपराध अनुसन्धानमा केसी

    काठमाडौंको एसएसपीमा कार्की, अपराध अनुसन्धानमा केसी

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 873
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। जसअनुसार महत्वपूर्ण कार्यालय मानिने काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले पाएका छन् ।

    प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत कार्कीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।



    एसएसपी कार्कीले यसअघि कास्की र कपिलवस्तु लगायतका जिल्लाको प्रमुख भएर सफलतापुर्वक काम गरिसकेका छन् । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका जिम्मेवारी मनोजकुमार केसीले पाएका छन् ।



    उनी यसअघि प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत थिए । उनले पनि रुपन्देही जिल्लाको प्रमुख भएर सफलतापुर्वक काम गरिसकेका छन् ।

    ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा जीवन श्रेष्ठलाई पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार