Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको एसएसपीमा कार्की, अपराध अनुसन्धानमा केसी

काठमाडौं । नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। जसअनुसार महत्वपूर्ण कार्यालय मानिने काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले पाएका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत कार्कीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

एसएसपी कार्कीले यसअघि कास्की र कपिलवस्तु लगायतका जिल्लाको प्रमुख भएर सफलतापुर्वक काम गरिसकेका छन् । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका जिम्मेवारी मनोजकुमार केसीले पाएका छन् ।

उनी यसअघि प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत थिए । उनले पनि रुपन्देही जिल्लाको प्रमुख भएर सफलतापुर्वक काम गरिसकेका छन् ।

ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा जीवन श्रेष्ठलाई पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077