काठमाडौं । सब-स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घाईते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् ।
प्रहरीसँगको झडपमा आज बिहीबार उनको हात भाँचिएको छ । प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ । सब स्टेशन निर्माणको विरोधमा १२ दिनदेखि शंखरापुर–३ आन्दोलित छ ।
गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् । आज बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युतय प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ ।
शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेकाछन् ।
Leave a Reply