Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपालबाट पुच्छ्रेतारा अवलोकन गर्न सकिने, कसरी हेर्ने?

    नेपालबाट पुच्छ्रेतारा अवलोकन गर्न सकिने, कसरी हेर्ने?

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । नेपालबाट पनि यस वर्ष पुच्छ्रेतारा अवलोकन गर्न सकिने भएको छ। शुक्रबारबाट पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने भएको हो।

    नेपालबाट यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको सामिप्यमा पौष अन्तिम सातादेखि माघ महिनाको दोस्रो सातासम्म साँझ ७:०० बजेपश्चात् अवलोकन गर्न सकिनेछ।



    यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा पौष २९ गते सूर्यको सबैभन्दा नजिक आउने भएकाले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले जनाएको छ।



    आजभन्दा ५० हजार वर्ष पूर्वहिम युगमा नेन्दरथल तथा हाम्रा पूर्वज ‘होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा समुपस्थित भएर पृथ्वीबाट देखिएको थियो।

    पुच्छ्रेतारा फेब्रुअरी २ मा पृथ्वीको सामिप्यमा ४२ करोड किमिको दूरीमा आइपुग्नेछ। हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने फेब्रअरी २ पश्चात् दक्षिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।

    उक्त पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरका रूपमा देखिने छ। हरियो रङ्गको देखिनुमा डाइकार्बन अणुहरुको समुपस्थितिले गर्दा भएको हो।खा ली आखाँले अवलोकन गर्न नसकिए तापनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिनेछ।

    तर फेब्रुअरी २ पश्चात् खाली आखाँले केही समयका लागि यसलाई अवलोकन गर्न सकिनेछ। कुनै समयमा आकाशमा पुच्छेतारा देखेपछि कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरू वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार