Online Nepal
  • बुधबार, २ असोज २०८१
  • निर्मला कुर्मी प्रकरण छानबिनको माग गर्दै काठमाडौंमा आज पनि लालटिन जुलुस

    निर्मला कुर्मी प्रकरण छानबिनको माग गर्दै काठमाडौंमा आज पनि लालटिन जुलुस

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 612
    SHARES

    काठमाडौं । न्यायका लागि नेपालगञ्जबाट आएका महिलाहरूले बिहीबार काठमाडौंमा लालटिन जुलुस निकालेका छन्।

    दुई सातादेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएका उनीहरूले बिहीबार लालटिन जुलुस निकालेका हुन्।



    काठमाडौंको कलंकीबाट शुरू भएको जुलुस माइतीघर मण्डलमा पुगेको छ।



    महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले चार बुँदे माग राखेर धर्ना जारी राखेको हो ।

    बाँकेकी निर्मला कुर्मीको अपरहणपछि हत्या घटनामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। तर, प्रहरीले छानबिन नगरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

    दुई पटक सरकारले अनुसन्धान गर्ने सहमति गरे पनि कार्यान्वयनमा आएको छैन।

    उनीहरू न्यायको माग गर्दै तेस्रो पटक काठमाडौं पुगेका हुन्। निर्मलाको अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरिएको भन्दै अधिकारकर्मीले न्यायको माग गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार