Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - कांग्रेस सत्तापक्ष होइन, हाम्रो भूमिका प्रतिपक्षकै हो

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै हुने बताएका छन् ।

कोइरालाले कांग्रेसले अहिलेको सरकारमा कसैलाई पनि नपठाउने र भूमिका प्रतिपक्षकै हुने बताएका हुन् ।

कोइरालाले भने, ‘कांग्रेस पदाधिकारी तथा कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा दुई धारणा आएका थिए। कसैले विश्वासको मत दिनुपर्छ भन्नुभयो ।

कसैले दिन हुँदैन भन्नुभयो तर मैले हामी तटस्थ बस्नुपर्छ भनेको थिएँ । तर पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेपछि सांसदको हैसियतले मैले पनि मत त दिनैपर्‍यो।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुने र नहुने गरी विवादमा पर्नुभन्दा कांग्रेसको भूमिका तटस्थ बस्दा उत्तम हुने विचार आफूले राखे पनि त्यसतर्फ खासै ध्यान नपुगेको उनको भनाई छ ।

नेता कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताहरू निराश हुनुपर्ने कारण भने नरहेको बताए। मंगलवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि पार्टीमा कांग्रेस नेतृत्वको आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077