Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले दर्ता गरे मनोनयन

हेटौंडा । बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।

उनले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् ।

सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । ३ जना मात्र सांसद रहेको नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077