Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन – आदेश होइन कानुनको पालना गर्नू

    सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन – आदेश होइन कानुनको पालना गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 738
    SHARES

    चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

    उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए ।



    उनले भने, ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु। कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’



    उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको बताए । उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे ।

    उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार