Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीबाट पेस्तोलसहित देउवा र खडायत पक्राउ

धनगढी । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालीका–९ भगवानपुरबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३६ वर्षीय महेन्द्र देउवा र गौरीगंगा नगरपालीका–४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायत रहेका छन् ।

विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077