Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मुख्यमन्त्री जम्मकट्टेललाई प्रधानमन्त्री प्रचण्डले भने – कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउनुस्

    मुख्यमन्त्री जम्मकट्टेललाई प्रधानमन्त्री प्रचण्डले भने – कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउनुस्

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 921
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रचण्डले सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको गर्न आग्रह गरेका हुन् ।



    भेटपछि जम्कट्टेलले भने, ‘संघीय सरकारमा जस्तै बागमती प्रदेश सरकारमा पनि नेपाली कांग्रेससहितका सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भन्नुभएको छ ।’



    प्रधानमन्त्री प्रचण्डलाई २७० सांसदमध्ये चित्रबहादुर केसी र प्रेम सुवालबाहेक २६८ सांसदले विश्वासको मत दिएका थिए। सत्ता समीकरण दलहरूसँग छलफल गरेर प्रदेशमा नमूना काम गर्न प्रचण्डले निर्देशन दिए।

    प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ आसा जागेको भन्दै त्यसलाई पूरा गर्ने गरी काम गर्न मुख्यमन्त्री जम्कट्टेललाई निर्देशन दिए। भेटको क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रहरी छिटो समायोजन गरिदिन आग्रह गरे।

    साथै संघीय निजामति ऐन तत्काल निर्माण गरेर प्रदेशमा काम गर्न सहज वातावरण निर्माणको लागि आग्रह गरे। माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेल एमालेसहितका सत्ता साझेदारको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने कार्यसूची छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार