Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज पाटन उच्च अदालतमा सुनुवाइ हुँदै छ ।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसीमा सन्दीपको पुनरावेदन निवेदनको पेशी तोकिएको छ ।

यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ भएको थिएन । दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो भने एक पटक हेर्न नभ्याइनेमा राखिएको थियो । अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077