Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक दिउसो तीन बजेलाई तय

    सत्ता गठबन्धनको बैठक दिउसो तीन बजेलाई तय

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 576
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलको बैठक आज दिउसो तीन बजे बस्ने भएको छ ।

    मन्त्रिपरिषद् विस्तारका विषयमा आन्तरिक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बस्न लागेको हो ।



    बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुङ्गिएको छैन ।

    बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । सयअघि प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार