दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे उनको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहको आयोजना गरेको हो ।
नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।
हिजो बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यस्तै, आजै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ । एमाले, माओवादी र अन्य साना दलहरूको सहभागितामा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने नवनियुक्त मुख्यमन्त्री गिरीको तयारी छ ।
Leave a Reply