Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावलले आज पद तथा गोपनीयताको शपथ लिँदै

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।

बुधबार मुख्यमन्त्री नियुक्ति भएका रावललाई आज प्रदेश प्रमुख देवराज जोशीले शपथग्रहण गराउन लागेका हुन् ।

प्रदेश अस्थायी राजधानी धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

२९ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रदेश प्रमुख जोशीले हिजो मात्र मुख्यमन्त्रीमा रावललाई नियुक्त गरेका थिए ।

रावललाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077