Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको सभामुख चयनका लागि आज निर्वाचन हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसंह रावल बुधबार नियुक्त भइसकेका छन् । उनले आज सथप लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077