Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पृथ्वी जयन्तीमा बिदा दिएर मात्र पुगेन : राजेन्द्र लिङ्देन

काडमाढौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताएका छन्।

बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताए।

उनले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताए। यद्यपि पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनले बताए। राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरूका लागि यो दिन विजयोत्सवको दिन पनि भएको बताए।

उनले भने, ‘आगामी दिनमा केवल सार्वजनिक बिदा दिने होइन, यसलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्दछ । र हाम्रो भावी सन्ततिले नेपाल राष्ट्र कसरी निर्माण भएछ ? कसको नेतृत्वमा निर्माण भएछ ? हामीले कसरी नेपाली हौँ भन्न पायौँ ? त्यो कुरा थाहा पाउनुपर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077