काठमाडौं । नेपाल टी-२० लिगको उत्कृष्ट बलरको उपाधि काठमाडौं नाइट्सका अविनाश बोहराले प्राप्त गरेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनमा सम्पन्न प्रतियोगितामा इलिमिनेटरबाट बाहिरिएको काठमाडौंका अविनाशले ११ खेलमा कुल ३७.५ ओभर बलिङ गर्दै ८.३७ को इकोनोमिमा प्रतियोगिताकै सर्वाधिक १९ विकेट लिए ।
उनले ११७ रन खर्चिएका थिए । उत्कृष्ट बलर भएसँगै अविनाशले २ लाख ५० हजार जितेका छन् । काठमाडौं इलिमिनेटरमा विराटनगरसँग पराजित हुँदै बाहिरिएको थियो ।
विराटनगरका राज ननन् सबैभन्दा धेरै विकेट लिनेको दोस्रो नम्बरमा छन् । उनले १६ विकेटथ लिएका छन् ।
तेस्रो स्थानमा रहेका ललित नारायण राजवंशी, चौथोमा रहेका नन्दन यादव को पनि समान १६ विकेट रहेको छ ।
Leave a Reply