Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गोरखा पुगेर प्रधानमन्त्रीले भने- पृथ्वी जयन्तीमा बिदा दिएर महत्त्वपूर्ण काम गरेँ

    गोरखा पुगेर प्रधानमन्त्रीले भने- पृथ्वी जयन्तीमा बिदा दिएर महत्त्वपूर्ण काम गरेँ

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 642
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अर्थपूर्ण सन्देश दिएको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै उनले पृथ्वी जयन्तीमा बिदा दिएर गोरखालीलाई सम्मान गरेको बताए ।



    उनले भने, ‘हामीले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गर्‍यौँ, यो निर्णय निकै अर्थपूर्ण छ, यसले नेपालको र विशेष गरी गोरखाको सम्मान भएको छ । यसको दूरगामी महत्त्व छ ।’



    प्रचण्डले आफू राष्ट्रिय सहमतिको प्रधानमन्त्री भएकोले गोरखाका लागि यो महत्त्वपूर्ण र खुसीको अवसर भएको तर्क गरेका छन् ।

    महोत्सवको उद्घाटनमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद राजेन्द्र बजगाईंलगायतका उच्चपदस्थ अधिकारीहरू गोरखा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार