Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा लागे प्रचण्ड

    प्रधानमन्त्री बनेपछि पहिलोपटक गोरखा लागे प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा लागेका छन्।

    गोरखा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन्।



    प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएका छन् । प्रचण्डले खेलकुद मैदान हरमटारीमा आज महोत्सव उद्घाटन गर्ने तयारी छ ।



    १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले हिजो प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो।

    प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार