Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमानलाई जेलबाट छुटाइदिन्छु भन्दै वेश्यावृतीमा लगाउने तीन जना पक्राउ

पर्सा। मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका -११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज नगरपालिका-८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका-४ का ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।

अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी होटलका कर्मचारी हुन् । अनिल होटलका व्यवस्थापक हुन भने रमेश वेटरको काम गर्थे ।

पुस २४ गते वीरगञ्ज-१५ स्थित रानीपोखरी होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको छ भने सूचना प्रहरीलाई आएको थियो ।

सूचनाको आधारमा राति १० बजे चेकजाँच गर्दा होटलमा २५ वर्षीया युवति र डोलनाथ आपत्तिजनक अवस्थामा फेला परेका थिए ।

महिलासँग प्रारम्भिक सोधपुछ गर्दा मन्जुरी नहुँदा नहुँदै वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएको दाबी प्रहरीको छ ।

प्रहरीका अनुसार होटलमा काम गर्ने अनिल र रमेशले कारागारमा जेल जीवन बिताइरहेका श्रीमानलाई छुटाइ दिने र एक रातकै नगद ४ हजार दिलाई दिने प्रलोभनमा महिलालाई पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कसूर भएको देखिएकोले उनीहरू तीनै जनालाई नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077