Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेसको मुख्यमन्त्रीमा दाबी पेश गर्ने गर्दै जसपाका यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सरोज कुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भएका छन् ।

जसपा प्रदेश संसदीय दलका नेता यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष आज सरकारको नेतृत्वमा दाबी पेश गर्न लागेका हुन्। सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति गरिसकेका छन् ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।

स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।

प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् । प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीको दाबी पेश गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेश प्रदेशको नेतृत्व जसपा र जनमत दुवै दलले लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077