Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु , श्रीमान प्रहरी नियन्त्रणमा

    खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु , श्रीमान प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 858
    SHARES

    झापा । खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

    मादक पदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमीलाको पेट र छातिमा निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    मंगलबार साँझ आमाका लागि मासु किनेर घर जाँदा बिहानेदेखिको भाँडा नमाझेको र बेलुकाको खाना पनि नपकाएको निहुँमा विश्वराजले श्रीमतीमाथि कुटपिट गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



    श्रीमतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दैआएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार