Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सहमतिको सरकार होस्, देश ठीक ट्र्याकमा आएपछि पक्षप्रतिपक्ष बनौंला : बाबुराम

    राष्ट्रिय सहमतिको सरकार होस्, देश ठीक ट्र्याकमा आएपछि पक्षप्रतिपक्ष बनौंला : बाबुराम

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 708
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट असाधारण विश्वासको मत प्राप्त गरेपछि खुशी व्यक्त गर्दै भट्टराईले यस्तो आह्वान गरेका हुन् ।



    अध्यक्ष भट्टराईले ‘फूलको आँखामा फूलै संसार…’ गीतको उदाहरण दिँदै यस्तो अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिए पनि अहिले कोही पनि प्रतिपक्ष नबनेर राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरे ।



    उनले ट्वीटरमा लेखेका छन्, ‘फूलको आँखामा फूलै संसार…’ भनेझैँ प्रचण्ड सरकारले पाएको अपूर्व विश्वासको मतलाई अनेक अर्थ लगाउन सकिएला। तर यो प्रकृयाको एक अभियन्ताको नाताले मेरो विनम्र आग्रह छ- असाधारण अवस्थाले असाधारण कदम खोज्छ ! अबको कदम राष्ट्रिय सहमतिको सरकार होस्१ देश ठीक ट्र्याकमा आएपछि पक्ष–प्रतिपक्ष बनौँला ।’

    आज आयोजित प्रतिनिधिभा बैठकमा २७५ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ मत परेको हो । २७० सांसद मतदानमा सहभागी भएकामा २ जनाले मात्र प्रचण्डका विपक्षमा मत हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार