Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 633
    SHARES

    कास्की । कास्कीमा वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

    जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी आज पक्राउ परेका हुन् ।



    वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक–पटक अमर्यादित व्यवहार गरेको भन्दै गएको आइतवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् ।



    उजुरीपछि जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई आज पक्राउ गरेको जनाएको छ ।

    बजेट कार्यान्वयनका लागि आयोजित महिलाको भेलामा अध्यक्ष र अन्य सदस्यबीच छलफलका क्रममा अधिकारीले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार