Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • रामचन्द्र भन्छन् – गठबन्धन ‘हाइज्याक’ भएपछि ‘करेक्शन’ गर्न प्रचण्डलाई विश्वासको मत

    रामचन्द्र भन्छन् – गठबन्धन ‘हाइज्याक’ भएपछि ‘करेक्शन’ गर्न प्रचण्डलाई विश्वासको मत

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 678
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन ‘हाइज्याक’ भएपछि ‘करेक्शन’ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् ।

    मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।



    उनले दुई वर्षअघि संविधान जोगाउनका लागि बनेको पाँच दलीय गठबन्धन ‘हाइज्याकु भएपछि ‘कोर्स करेक्शन’ का लागि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताए ।



    संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको उहाँको भनाइ छ ।

    उनले भने, ‘संविधान बचाउनका लागि पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर देशको सङ्कटलाई टार्ने एउटा प्रयास गरेका छौँ । यसले देश, नागरिकको भलो गर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार