Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभापति खड्का भन्छन् - संसद् प्रतिपक्षविहीन भएको छैन, सशक्त प्रतिपक्षको भूमिका निभाउछौँ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसद् प्रतिपक्षविहीन नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।

उनले ०५१ मा पनि कांग्रेसले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई यसैगरी विश्वासको मत दिएको स्मरण गराए ।

'संसद् प्रतिपक्षविहीन भएको छैन । ०५१ सालमा पनि हामीले मनमोहन अधिकारीको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा थियौँ । अहिले पनि हामीले प्रतिपक्षमा बस्छौँ भनेरै विश्वासको मत दिएका छौँ ।'

यस्तै उपसभापति खड्काले कांग्रेसले विश्वासको मत दिने निर्णय सरकार अल्पमतमा पर्ने वा बहुमतमा हुने कुरासँग नजोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077