Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री शर्मा भन्छन् - ओलीले संसद् विघटन गलत भएको स्वीकारे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटन गलत भएको स्वीकार गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले विगतका गलत उदाहरणहरू दिएर आफ्नो निर्णयलाई पनि गलत हो भन्ने स्वीकार गरेको महामन्त्री शर्माले बतचाएका हुन् ।

उनले भने,‘संसद्मा हाम्रा पूर्वप्रधानमन्त्रीजीले हिजो संसद् विघटनलाई डिफेन्स गरेर बोल्नुभयो, आज पनि त्यही कुरालाई जोड दिनुभयो । उहाँले हिजो राजा महेन्द्र र गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवाले गरेको संसद् विघटनलाई उदाहरण दिएर आफूले गरेको संसद् विघटनलाई सही थियो भन्नुभएको छ ।’

तर यसमा हाम्रो एकदमै धेरै विमति रहेको महामन्त्री शर्माको भनाई छ । 'उहाँले दिएका उदाहरणहरू सबै असफल हुन् । शेरबहादुर देउवाले संसद् विघटन गरेकै कारण ०६२/०६३ मा त्यति ठूलो आन्दोलन गरेर संसद् पुनस्स्थापित गर्नुपरेको घटना ताजै छ । त्यसैले मलाई त के लाग्छ भने उहाँले विगतका गलत उदाहरणहरू दिएर आफ्नो निर्णयलाई पनि गलत हो भन्ने स्वीकार गर्नुभएको छ,’ महामन्त्री शर्माले भने ।

उनले कांग्रेसमा मत भिन्नता हुँदाहुँदै पनि संविधानको रक्षाका लागि सरकारलाई विश्वासको मत दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077