Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • संसद् विघटन सही थियो वा थिएन अहिले बहसको विषय होइन : प्रधानमन्त्री प्रचण्ड

    संसद् विघटन सही थियो वा थिएन अहिले बहसको विषय होइन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 750
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद विघटन गर्नु ठीक हो कि होइन अहिले बहसको विषय नभएको बताएका हुन् ।



    विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नमा उनले भने, ‘हिजो संसद् विघटन गर्नु सही थियोरथिएन अहिले सत्ता साझेदारभित्रको विषय होइन । हामी सबैलाई थाहा भएकै कुरा हो ।’



    ओलीले संसद् विघटन सही थियो भनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटनबारे गठबन्धनको धारण के हो भन्दै सोधेका थिए ।

    उनले संविधान बनाउँदा विगतका विघटनको अनुभव गरिएको बताए । उनले अन्तिम समयसम्म संविधानको रक्षा गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार