Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको जवाफ – दलहरुको समर्थनले थप चुनौती थपियो, संविधानको रक्षा गर्न प्रतिवद्ध छु

    प्रधानमन्त्री प्रचण्डको जवाफ – दलहरुको समर्थनले थप चुनौती थपियो, संविधानको रक्षा गर्न प्रतिवद्ध छु

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 690
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती थपिएको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको बताएका हुन्। प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।



    विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए ।



    प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग अपिल गरेको र त्यो सकारात्मक देखिएको विश्वास व्यक्‍त गरे।

    उनले भने,’विश्वासको मतका लागि जुन अपिल गरेको थिएँ । त्यो सकारात्मक देखिएको छ। सबैलाई धन्यवाद दिन चाहन्छु।’

    उनले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निक्कै गम्भीर बनाएको बताए।

    आफूलाई अपार सफलता मिलेको बताउँदै प्रचण्डले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौंला कि भन्ने प्रश्न उठेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार