Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चित्रबहादुर केसीको व्यंग्य - चुनावमा बोराका बोरा खर्च गरेपछि सरकारमा नगएर हुन्छ ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई समर्थन नगर्ने भएका छन्।

सरकारको प्रतिपक्ष हुने भन्दै उनले संविधानको प्रवाधान भन्दा फरक परिस्थिति बनेको भन्दै गुनासो गरेका हुन्।

उनले भने, 'चुनाव खर्चिलो भयो। पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ । यो अनुभूति त तपाइँहररू सबैलाई होला। अनि यत्रो बोराका बोरा पैसा खर्च गरेर चुनाव जितेपछि त्यसको अधाइ गर्न सरकारमा जानुपरेन?'

नेपालको निर्वाचन प्रणाली नै खर्चिलो भएको भन्दै केसीले बोराका बोरा पैसा खर्चिएर चुनाव जित्नेले सरकारमा नगएर हुन्छ भन्दै प्रश्न गरे।

उनले सबै ठूला दल एकठाउँमा उभिँदा आफूहरुलाई डर लागेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077