Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई नेपालको सुझाव - गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्नुहोला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दे गफाडी संस्कारलाई बोकेर अगाडी नबढ्न सुझाव दिएका हुन्।

ओलीले सोमबार र मंगलबार संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए। उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए।

संसदमा बोल्दै अध्यक्ष नेपालले संसद विघटनबारे ओली संसदमा गर्जिएको देखेर आफू अचम्ममा परेको बताए ।

उनले भने,'गफाडी संस्कारलाई बोकेर अगाडी नबढनुहोला प्रधानमन्त्री ज्यू,गफ ठूला प्रतिवद्धता ठूला तर हामी आफै भ्रष्टाचारको संरक्षक र उत्प्रेरक बन्ने गरेका छौं।'

नेपालले धेरै कुरा सुन्दा सुन्दा वाक्क लागिसकेको र आफूहरुलाई गफाडीका राजा पनि भन्न सकिने बताए। नेपालमा भ्रष्टाचार हुनुमा प्रणालीगत र संरचनागत कारणहरु राम्ररी चिरफार नहुनु भएको उनले बताए।

मदन भण्डारीको कुरालाई स्मरण गर्दै उनले कुराले चिउरा नभिज्ने र चिउरा भिजाउन दुध र दही नै चाहिने बताए। ओलीको भनाइजस्तै अहिलेको गठबन्धनको भनाइ पनि प्रतिनिधि सभा विघटन गर्न सक्छ भन्ने हुनु नहुने नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077