Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माधव नेपाल भन्छन् – समस्याको पहिचान गर्न नसक्नेले समाधान दिन सक्दैन

    माधव नेपाल भन्छन् – समस्याको पहिचान गर्न नसक्नेले समाधान दिन सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 588
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समस्या समाधान गर्न समस्याको पहिचान गर्ने शक्ति चाहिने बताएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको प्रस्तावका विषयमा संसदमा बोल्दै नेपालले यस्तो बताएका हुन्।



    उनले देशका सम्पूर्ण समस्या हल गर्ने गरी सरकारले समस्याको पहिचान गर्नुपर्ने बताए। नेता नेपालले सपना पूरा गर्न वास्तविक धरातलमा टेक्नुपर्ने बताउँदै देखिएका सपना पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताए।



    वर्तमान सरकारले जनमतको रक्षा गर्दै जनताका माग पूरा गराउन दृढताका साथ काम गर्नुपर्ने बताए। वर्तमान सरकारले भ्रष्टाटार नियन्त्रण गर्न कदम चाल्नुपर्ने बताए।

    नेपालमा भ्रष्टाचार नेपालमा ठूलो समस्याका रुपमा आएको बताउँदै नेता नेपालले देशको विकास बाधक पनि भ्रष्टचार नै भएको बताए। भ्रष्टाचारका नीतिगत, प्रणालीगत कारण पत्ता लगाएर नियन्त्रण गर्नुपर्ने नेता नेपालको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार