काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन् ।
उनले मंगलबार नयाँ प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मागेको विश्वासको मतको छलफलमा देउवालाई धन्यवाद दिएका हुन् ।
‘देउवाजी, प्रतिपक्षका नेताज्यूलाई पनि धन्यवाद भन्न चाहान्छु,’ उनले भने, ‘उहाँले सरकारको समर्थन गर्नुभएको छ । राप्रपाले समर्थन गरेको सरकारमा सामेल भएको छैन । त्यही हैसियत कांग्रेसले राखेको छ ।’
Leave a Reply