Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • समृद्धिका लागि सबै दल मिल्नुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

    समृद्धिका लागि सबै दल मिल्नुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

    प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ।’

    यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताए। देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार