Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जातीय विभेदको आरोपमा पोखरा-२४ का वडाध्यक्ष अधिकारी पक्राउ

काठमाडौं । वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।

वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् ।

पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफलका क्रममा उनले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

फरार रहेका अधिकारी आज बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077