Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 639
    SHARES

    काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

    महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएका हो । सरकारमा जाने जाने बारे पार्टीले अहिले कुनै निर्णय नगरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताए ।



    अध्यक्ष ठाकुरले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी निर्णय गरेका छौ आज उहाँलाई विश्वासको मत दिन्छौँ ।’



    सरकारको साझा न्यूनतम कार्यक्रममा केही कुराहरू समेटिएको र अरू विषयमा सरकारसँग थप छलफल गर्ने सहमति भएको कारणले विश्वासको मत दिने निर्णय गरेको उनले बताए ।

    पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

    उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जना सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार