Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • फ्री भिसा-फ्री टिकटमै ठगिए युवा

    फ्री भिसा-फ्री टिकटमै ठगिए युवा

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 771
    SHARES

    काठमाडौं । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ ।

    देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् ।



    सर्तअनुसारको काम नपाएको र सेवासुविधासमेत नदिएको गुनासो गर्दै मलेसिया पुगेपछि श्रम विभागमा बुझ्दा ठगिएको जानकारी पाएको उनले जानकारी दिए । देवानगञ्जमा रहेका अभिभावकले अहिले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरिरहेको उनले बताए ।



    मेहताले एनआईसी एसिया बैङ्कमा रहेको आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गराएको देखिएको छ तर स्थानीयवासीले भने एनआईसी एसिया बैङ्कको नक्कली भौचर, नक्कली छाप प्रयोग गरेको आशङ्का गर्दै छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।

    आफ्ना तीन जना भतिजा सन्तोष, सुबोध र दयानन्द यादवलाई सुरुमा फ्री भिसा, फ्री टिकटमा पठाउने भन्दै त्यसको न्यूनतम लागत माग गरेको काका गणेश यादवले बताए । कागजात लिएर गएका मेहताले भिसा लागेपछि भने तीन लाख ५० हजार रुपियाँ लाग्ने भन्दै रकम मागेको आरोप छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार