Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

सोमबार सम्पन्न जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

जसपाले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगबार प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ। प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077