Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुस अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए । नेपालमा गणतन्त्रपछि एकता दिवसबारे बिदा दिने नदिने विवाद हुँदै आएको थियो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा समेत अघि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077