Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • न्यूनतम साझा कार्यक्रम

    लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि प्राप्त गर्न प्रभावकारी पहल गरिने

    लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि प्राप्त गर्न प्रभावकारी पहल गरिने

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 747
    SHARES

    काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकको क्षेत्रको भूमि प्राप्त गर्न प्रभावकारी पहल गर्ने बताएको छ ।

    उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्दै सरकारले यस्तो नीति ल्याएको बताएका हुन् ।



    न्यूनतम साझा कार्यक्रम ‘नेपाली भूमिका फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने’ उल्लेख छ । यस्तै दुवै छिमेकीसहित सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने सरकारको नीति रहेको छ ।



    नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षालाई केन्द्रबिन्दुमा राख्ने न्यूनमत साझा कार्यक्रममा समेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार