काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सिंगो संसद्को मत पाउनेमा विश्वस्त रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका हुन् ।
उनले भने,’सिंगो संसद्को मत पाउनेमा म विश्वस्त छु, ढुक्क छु।’
प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले यही बैठकबाट विश्वासको मत लिनेछन् ।
Leave a Reply