Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मैले ओली र प्रचण्डबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विग्रह सुरू भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकपछि थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्ड एक ठाउँमा अप्ठ्यारोमा परेको बताएका हुन्।

प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजारोपण भएको उनको जिकिर छ ।

उनले भने, ‘सत्ताको गठबन्धन बनाएका माओवादी र एमालेका दुवै अध्यक्षले बोल्नुभयो । मैले संसदभित्र ध्यान दिएर हेरिरहेको थिए । एकअर्कालाई समर्थन गरेर बोल्नु स्वाभाविक नै थियो ।

तर, पूर्वप्रधानमन्त्री ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभएको याद गरेँ । संसद विघटन सोह्रै आना सही थियो । जनताको पक्षमा थियो ।

प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनिरहँदा हालका प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो त्यो सामान्य अलमल देखिए पनि मैले मानेको छैन ।’

उनले सरकारको स्थिरता नै अहिलेको चुनौती भएको बताए । यो सामान्य अलमल नभएको र ओली र प्रचण्डबीच विग्रहको कारक बन्नसक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077