Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना सावित भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अहिलेको राजनीतिले संघीयतासमेत नजोगिने दाबी गर्दै केसीले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए । भयो त त्यस्तो र?  देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077