Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ

    गृहमन्त्री लामिछानेले भने – भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 633
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै गृहमन्त्री लामिछानेले भ्रष्ट्राचार छानबिनमा सरकार कटिवद्ध रहेको बताएका हुन्।



    उनले भने, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ ।’ उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।



    यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए ।

    उनले भने, ‘हाम्रो सांसदहरुको सांसदका कारण शीर झुकाउनुपर्ने छैन । कुनै अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौं ।’

    विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार