Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • एसमा प्रवेश गरेका मनाङे खगराजसँगको भेटपछि भन्छन्- मेरो समर्थन एमालेलाई

    एसमा प्रवेश गरेका मनाङे खगराजसँगको भेटपछि भन्छन्- मेरो समर्थन एमालेलाई

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 582
    SHARES

    काठमाडौं । सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेले  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।

    पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।



    मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध भएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।



    कांग्रेस गठबन्धनकै सरकार सम्भावना हुँदा मनाङेले एकीकृत समाजवादी प्रवेश गरेको घोषण गर्दै आफ्नो अन्तिम पार्टी भएको बताएका थिए ।

    तर, सत्ता समीकरण बदलिएसँगै मनाङेले खगराजलाई भेटेर केन्द्रमा जेसुकै भए पनि गण्डकीमा एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार